३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

आईपिएल : चेन्नई र लखनउ प्रतिस्पर्धा गर्दै

जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा शुक्रबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

शुक्रबार खेल लखनउमा रहेको भरत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ। लखनउ जारी आईपिएलको प्लेअफबाट बाहिरिसकेको छ।

लखनउ अंक तालिकाको दसौँ तथा अन्तिम स्थानमा रहेको छ। हालसम्म ११ खेल खेलेको लखनउले ८ खेलमा पराजय भोग्दा ३ खेलमा मात्र जित हात पारेको छ। जस अनुसार उसले ६ अंक बटुलेको छ।

चेन्नई भने तालिकाको पाँचौ स्थानमा छ। ११ खेल खेलेको चेन्नईले ६ खेलमा विजयी प्राप्त गर्दा ५ खेलमा पराजय भोगको छ। त्यस्तै, चेन्नईले १२ अंक बट्लेको छ।

प्रकाशित: १ जेष्ठ २०८३ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App