बंगलादेशले इन्डियन प्रिमियर लिग (आईपिएल)प्रसारणमा रोक लगाएको छ । क्रिकेटर मुस्ताफिजुर रहमानको विवादपछि बंगालदेशले आईपीएलको प्रसारण बंगालदेशमा बन्द गरेको हो।
सोमबार बंगालदेशको सूचना तथा प्रसारण मन्त्रालयले देशको टिभी-२ शाखाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मुस्ताफिजुरलाई बहिष्कार गर्नुको पछाडिको निर्णयको कारण नखुलाइएको उल्लेख गरिएको छ । साथै यसले बंगलादेशका जनतामा पीडा निम्त्याएको विज्ञप्तिमा उल्लेख छ ।
रहमानलाई आईपीएल खेल्नबाट बञ्चित गरेसँगै बंगालदेश र भारतबीच विवाद बढिरहेको छ। बंगालदेशी अधिकारीका अनुसार आईपीएलसँग सम्बन्धित सबै प्रसारण, प्रचार र कार्यक्रम कभरेज तत्कालको लागि अर्को सूचना नआएसम्म प्रतिबन्ध भएको छ।
रहमान टी- २० विश्वकप खेल्ने बंगालदेशी टोलीमा समावेश छन्।
प्रकाशित: २१ पुस २०८२ १५:३५ सोमबार





