आईपीएल २०२६ मा चेन्नई सुपर किंग्सलाई ठूलो झट्का लागेको छ। सीएसकेका खेलाडी खलील अहमद चोटका कारण इन्डियन प्रिमियर लिगबाट बाहिरिएका छन्।
चेन्नई सुपर किंग्सले आफ्नो एक सामाजिक सञ्जाल पोस्टमा यो जानकारी दिएको छ।
चेन्नईले लेखेको छ , 'केकेआरविरुद्धको खेलमा दायाँ क्वाड्रिसेप्समा चोट लागेका कारण खलिल अहमद आईपीएल २०२६ बाट बाहिरिएका छन्। हामी खलिलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।'
खलील अहमद बायाँ हाते फास्ट बलर हुन्। यो आईपीएल २०२६ मा पुनरागमन गर्ने प्रयासमा रहेको चेन्नईका लागि ठूलो झट्का साबित हुन सक्छ।
खलीलले अप्रिल १४ मा केकेआरविरुद्धको खेलका क्रममा चोट लागेको गुनासो गरे। सीएसकेले आईपीएल २०२६ मा अहिलेसम्म आफ्ना पाँच खेलमध्ये दुई खेल जितेको छ।
प्रकाशित: ३ वैशाख २०८३ १४:०४ बिहीबार





