वेस्ट इन्डिजविरुद्ध टेस्ट सिरिज खेल्ने भारतीय टोलीको घोषणा भएको छ।
शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो। भारत र वेस्ट इन्डिजले दुई खेलको टेस्ट सिरिज खेल्न लागेको हो।
यो सिरिजको लागि उपकप्तानको जिम्मेवारी रविन्द्र जडेजालाई दिइएको छ। उनले पहिलो पटक टेस्ट म्याचमा उपकप्तानको भूमिका निर्वाह गर्दै छन्। यसअघि भने, उनले टी- २० र एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा यो जिम्मेवारी निभाइसकेका छन्।
शुभमनको भने टेस्ट म्याचका दोस्रो पटक कप्तानीको जिम्मेवारी समहाल्दै छन्। भारत र वेस्ट इन्डिजको पहिलो खेल अक्टोबर २ मा भारतको अहम्दाबादमा हुनेछ।
यस्तो छ भारतीय टोली:
शुभमन गिल (कप्तान) , रविन्द्र जडेजा (उपकप्तान), ध्रुव जुरेल (विकेटकिपर), एनजगदीसन(विकेटकिपर),यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पडिक्कल,वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, अक्षर पटेल, नितिश कुमार रेड्डी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र कुलदीप यादव ।
प्रकाशित: ९ आश्विन २०८२ १५:५३ बिहीबार





