न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत बलियो स्थितिमा पुगेको छ। चौथो दिनको खेलको समाप्तिमा न्युजिल्यान्ड २३३ रनले पछि परेपछि भारत बलियो स्थितिमा देखिएको हो।
चौथो दिनको समाप्तिमा किविज टोलीले २ विकेट गुमाएर ११९ रन बनाएको छ। क्याप्टेन टम लाथम शुन्य रनमा र हेन्री निकोल्स ३१ रनमा आउट भए। डेभोन कोन्वे ५९ र रचिन रबिन्द्र २७ रनमा नटआउट छन्।
पहिलो टेस्ट बचाउन न्युजिल्यान्डलाई पाँचौ तथा अन्तिम दिनभर क्रिजमा रहनु पर्नेछ भने भारतलाई जितका लागि ८ विकेट आवश्यक रहनेछ।
यसअघि ४ विकेटको क्षतिमा ४८६ रनबाट चौथो दिनको खेल थालेको भारतले पहिलो इनिङस ९ विकेटको क्षतिमा ७२० रनमा डिक्लियर गरेको थियो। यो अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले बनाएको सर्वाधिक दोस्रो उच्च योगफल हो।
भारतका लागि केएल राहुलले १३६ र रिसब पन्तले १२८ रन बनाए। कप्तान शुभमन गिल शतक बनाउन २ रनले चुक्दा यसस्वी जैसवालले ८५, देभदत्त पाडिकलले ८० र ध्रुव जुरेलले ७८ रन बनाए।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ३ र रचिन रबिन्द्रले २ विकेट लिए।
विलिङ्टनमा घरेलु टोली न्युजिल्यान्डले पहिलो इनिङ्समा ३६८ रन बनाएको थियो।
प्रकाशित: ६ मंसिर २०८३ १५:५६ आइतबार





