२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
खेल

सावित्राको गोलले भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आयोजक भारतविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ।

सिलोङको जवाहरलाल नेहरु रंगशालामा जारी खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले टिममा लागि गोल गरिन्।

खेल सुरु भएको दोस्रो मिनेटमा नै सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। रक्षापंक्तिबाट आएको लामो बललाई उत्कृष्ट नियन्त्रण गर्दै उनले अगाडि बढेकी भारतीय गोलकिपर पान्थोई चानुलाई ‘बिट’ गर्दै सुन्दर गोल गरेकी हुन्।

सुरुवाती गोलपछि भारतीय टोली दबाबमा आएको थियो भने नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। यद्यपि, भारतले केही अवसर सिर्जना गरे पनि नेपाली गोलकिपर अञ्जना राना मगरले उत्कृष्ट बचाउ गरिन्।

यो प्रतियोगिताको अन्तिम खेल हो। यसअघि नै इरानले प्रतियोगिताको उपाधि जितिसकेको छ। आफ्नो पहिलो खेलमा नेपाल र भारत दुवै इरानसँग पराजित भएकाले आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र रहनेछ।

प्रकाशित: १० कार्तिक २०८२ १९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App