८ कार्तिक २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

मन्दिरजस्तो पवित्र ठाउँमा रगतको खोला किन बग्छ?

मुक्तक

१) मुक्तक

मेरो सधै बलि प्रथाको अन्य गरौँ भन्ने बात हुन्छ

यहाँ निर्दोष प्राणी काटिन्छन् हेर्नेको ठुलै जमात हुन्छ

दर्शक पनि दिनभरि पुजा गर्छन् हौसला बढाउँछन्,

अन्तमा घाँटी रेटिन्छ नसोचेको विश्वासघात हुन्छ!

२) मुक्तक

फल चढाउँ फुलपाती चढाउ घण्टीसम्म चढाउँ

संस्कृति जोगाउँ सबै जाउँ राम्रो मेला मनाउँ

असल कामकाज गरौँ सत्य बोलौँ खुसी मिल्छ,

भगवानको नाम पुकारौँ तर बलिप्रथा हटाउँ!

३) मुक्तक

मान्छेलाई खुसी मिल्दैन र अरूको ज्यान लिएन भने

कि त खाना रुच्दैन  मन्दिरमा पशुको बलि दिएन भने

आज बलिको राँगाहरू मन्दिरमा धुरुधुरी रुने थिएनन्

उनीहरूसँग पनि मान्छेको जस्तै दुख्ने मन थिएन भने।

४) मुक्तक

मरण हुन्छ बलिको नाउँमा रगतको खोला किन बग्छ?

मन्दिर जस्तो पवित्र ठाउँमा रगतको खोला किन बग्छ?

भगवानको भोजन भनेको घ्यु हो रगत हैन ए मनुष्य हो,

फूल चढ्ने भगवानको पाउमा रगतको खोला किन बग्छ?

५) मुक्तक

बलि बन्द हुनुपर्छ बरु मेरो खैरो खन्न सक्नुहुन्छ

पशुलाई मारेर त पापी मान्छे मात्रै बन्न सक्नुहुन्छ

प्राणीलाई दु:ख दिई घाँटी काटेर मार्नुहुन्छ तपाईं,

अनि मलाई खुसी मिल्छ कसरी भन्न सक्नुहुन्छ!

प्रकाशित: ८ कार्तिक २०८३ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App