४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

इलाम–सन्दकपुर रेडपान्डा म्याराथन : पुरुषतर्फ विशाल र महिलातर्फ निर्मला राई पहिलो

म्याराथनमा महिलातर्फ पहिलो बनेकी निर्मला राई । तस्बिरः भीम चापागाईं/नागरिक

४४.२ किलोमिटर दूरीको रेडपान्डा म्याराथनमा महिलातर्फ खोटाङकी निर्मला राई प्रथम भएकी छन्। ५ घन्टा ४० मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै उनले पहिलो स्थान ओगटेकी हुन्। विजेता बनेसँगै निर्मलाले नगद डेढ लाख रुपैयाँ पुुरस्कार पाइन् ।  

सुनसरी रोकायाले दोस्रो भएर नगद १ लाख रुपैयाँ हात पारिन् । उनले यो दूरी ५ घन्टा ४० मिनेट ३९ सेकेन्डमा पार गरेकी हुन् । तेस्रो हुँदै कल्पना बुढाले नगद ५० जितिन् । उनले यो दूरी ५ घन्टा ४० मिनेट ५७ सेकेन्डमा पार लगाइन् । राज्यलक्ष्मी शाक्य चौथो भइन् । उनले ५ घन्टा ४४ मिनेट २७ सेकेन्द्रमा यो दूरी पार गरी नगद २० हजार जितेकी छिन् ।  

पुरुषतर्फ विशाल राई पहिलो भए । उनले ४ घन्टा ४३ मिनेट १० सेकेन्डमा यो दूरी पार गरे । उनले नगद २५ हजार पाए । राजेन्द्र लिम्बूले दोस्रो हुँदै नगद २० हजार पाए । उनले ४ घन्टा ४९ मिनेट १८ सेकेन्डमा दूरी पार गरे । रमेश लिम्बू ४ घन्टा ५३ मिनेट ५७ सेकेन्डमा यो दूरी पार गरी तेस्रो भए । उनले नगद १० हजार पाए । टंक आलेमगर चौथो भए । ५ घन्टा ३६ मिनेट १ सेकेन्डमा यो दूरी पार गरी उनले नगद ५ हजार हात पारे ।  

मंगलबार बिहान साढे ७ बजे इलाम बजारबाट सन्दकपुर डाँडासम्म म्याराथन भएको थियो । विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणबारे जनचेतना जगाउने उद्देश्यले दीपज्योति युवा क्लबले म्याराथन आयोजना गरेको हो । म्याराथनमा नेपाल र भारतका ६२ पुरुष तथा ११ महिला सहभागी थिए । पुरुष खुलातर्फ गजेन्द्र राई पहिलो, करण रावल दोस्रो र कर्णवीर रोका तेस्रो भएका छन् ।  

प्रकाशित: १ पुस २०८२ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App