तेस्रो संस्करणको इलाम गोल्डकपअन्तर्गत बुधबार पहिलो सेमीफाइनल खेल हुँदैछ। इलामको ठूलो टुँडिखेलमा मछिन्द्र फुटबल क्लब र मोरङको पथरी ११ फुटबल क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ।
मछिन्द्रले पाहुना टोली मलेसियाको एन–पेनाङलाई क्वार्टरफाइनलमा पाखा लगाएको थियो। सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय खेलाडीले भरिभराउ रहेको मच्छिन्द्रले टाइब्रेकरबाट ३–२ गोलान्तरले एन–पेनाङलाई घर पठाएको थियो।
पथरीले उद्घाटन खेलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराएको थियो। निर्धारित समय दुवै टिम गोलरहित बराबरी भएपछि टाइब्रेकरमा पथरीले आयोजकलाई ४–२ गोलान्तरले हराएको थियो।
यस्तै, बुधबार डिफेन्डिङ च्याम्पियन (एनआरटी) र झापा धुलाबारीको रोलिङ क्लबबीच दोस्रो सेमीफाइनल हुँदैछ।
रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल वैशाख १२ मा हुनेछ। फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रकाशित: ९ वैशाख २०८३ १२:०६ बुधबार





