नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृंखलाअन्तर्गत आज पहिलो अभ्यास खेल भइरहेको छ। काठमाडौंस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा नेपाल ‘ए’ टोलीले सुरुवाती बलिङ गरिरहेको छ।
टस जितेर ओमानले पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो। ताजा स्थितिअनुसार १४ ओभरको खेल सकिँदा ओमान एक विकेट गुमाएर ८० रन बनाएको छ।
यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि ओमानले नेपाल ‘ए’ टोलीसँग यो अभ्यास खेल खेल्न लागेको हो। आगामी त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान सहभागी हुनेछन्।
प्रकाशित: ९ वैशाख २०८३ १०:३९ बुधबार





