आईसीसी महिला विश्वकप अन्तर्गत आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्दै छन्।
सोमबार खेल भारतको होलकर क्रिकेट रगंशालामा हुने छ। यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुन्छ। जारी विश्वकपमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्डले दोस्रो खेल खेल्दै छन्।
यसअघि दक्षिण अफ्रिकाले खेलेको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग १० विकेटले पराजय भोगेको थियो। त्यस्तै, न्यूजिल्याण्डले पनि पहिलो खेलमा अष्ट्रेलियासँग ८९ रनले पराजित भएको थियो।
आज दुवै टोली पहिलो जितको लक्ष्यमा हुने छ। आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको थियो।
प्रकाशित: २० आश्विन २०८२ ११:५० सोमबार

