८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान

नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ।

श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीलाई डोजोले नगदसहित सम्मान गरेको हो। सरस्वती डोजोका खेलाडी सुस्मिता वाइवा र टीकामाया जिम्मीले नेपालका लागि स्वर्ण पदक जितेका हुन् । यसैगरी, एलन श्रेष्ठ र सुस्मिता वाइवाले तीन संस्करणमा लगातार स्वर्ण जित्दै ह्याट्रिक गरे ।  

डोजोले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्न सफल टीकामाया जिम्मी, कास्य पदक विजेता मिलन मगर तथा प्रथम युथ च्याम्पियनसिपका स्वर्ण विजेता नोर्बु तामाङलाई हौसला स्वरूप खेल सामाग्री समेत प्रदान गरेको छ।

सम्मानित खेलाडीलाई पुरस्कार तथा हौसला स्वरूप  बिपी संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेल, वादोरियो करातेका वरिष्ठ प्रशिक्षक शुक्रबहादुर राई,फेसन डिजाएर जोरपाटीका संचालक जयराम बराल तथा डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेल लगायतले प्रदान गरे ।

 

प्रकाशित: १२ मंसिर २०८२ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App