१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

हङकङ सुपर सिक्सेस : नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार बिहान हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तान १७ रनले विजयी भएको हो। 

छ ओभरको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहेको नेपालले  दुई विकेट गुमाएर ९५ रन बनायो।

प्रतियोगितामा कुल १२ राष्ट्र सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ। नेपाललाई दक्षिण अफ्रिका र अफगानिस्तानसँगै समूह ‘ए’ मा राखिएको छ। समूह ‘बी’ मा अष्ट्रेलिया, इङ्ग्ल्याण्ड र युएई छन्, समूह ‘सी’ मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र आयोजक हङकङ छन्।

प्रकाशित: २१ कार्तिक २०८२ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App