४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

नेपाल र युएईबीचको टी-२० शृंखला आजदेखि, पहिलो खेल फ्लटलाईटमा

नेपाल र युएईबीचको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला सोमबार सुरू हुँदैछ। २ खेलको शृङ्खलाको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे सुरू हुनेछ।

नेपालमा पहिलो पटक फ्लटलाइटमा अन्तर्राष्ट्रिय क्रिकेट हुन लागेका हाे। फ्लटलाइट जडानपछि गत संस्करणको एनपीएल भएको थियो।

त्यसैले, यस शृङ्खलालाई ‘अन्डरलाइट ट्वान्टी २० सिरिज' नाम दिइएको छ। यो शृंखलामा नेपाली टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेलसहित केही सिनियर खेलाडीलाई आराम दिँदै नेपाल क्रिकेट संघ (क्यान)ले युवा खेलाडीलाई यो सिरिजमा मौका दिएको छ।

याे ऐतिहासिक क्षणलाई नेपाली टाेलीले जितसहित स्वागत गर्ने चाहान्छ। युएई पनि जितकाे लक्ष्य लिएर प्रतिस्पर्धा उत्रिनेछ। 

शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ। मंगलबारको खेल पनि साँझ सुरू हुनेछ।
नेपालले शनिबारदेखि त्रिव मैदानमै लिग टू खेल्नेछ।

प्रकाशित: ७ वैशाख २०८३ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App