१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

मच्छिन्द्रका दुई खेलाडीको ह्याट्रिक

दुई खेलाडीको ह्याट्रिक प्रेरणामा मच्छिन्द्र क्लब जारी एन्फा युथ लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लिदा छिमेकी क्लब संकटाले अंक बाँडेपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न १५औं चरणको खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेड क्लबमाथि १०–० को एकतर्फी जित निकाल्यो। मंगलबार नै संकटाले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिन पुग्यो। यो बराबरीसँगै संकटा शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंक दूरी घटाउने र दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको हो। तर, छिमेकी क्लब मच्छिन्द्रले भने सानदार जित निकाल्दै संकटालाई नै पछि पार्‍यो। मच्छिन्द्रको जितपछि संकटा तेस्रो स्थानमा खुम्चिन बाध्य भयो। जितसँगै मच्छिन्द्र १५ खेलबाट ३० अंक जोड्दै मच्छिन्द्र तेस्रो स्थानमा उक्लिएको छ।

पराजित प्लानिङ ब्वाइज १२औं स्थानमा छ। समान खेलबाट प्लानिङ ब्वाइजको १० अंक छ। मच्छिन्द्रको रबाफिलो जितमा दुई खेलाडी गोविन्द विक र सुमन बम ठकुरीले ह्याट्रिक पूरा गरे। विकास थापले दुई तथा करण धामी र साइस डंगोलले समान एक गोल थपे। मच्छिन्द्रले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा ९ गोल गर्‍यो। खेलको १०औं मिनेटमा करणको गोल मार्फत मच्छिन्द्रले अग्रता लिएको थियो। प्लानिङ ब्वाइजको दोस्रो हाफमा भने फितलो रक्षापंक्ति रह्यो। दुवै खेलाडी दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि प्लानिङ ब्वाइज फराकिलो जित निकाल्यो।

गोविन्दले ४९औं, ५६औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। विकासले तीन मिनेटपछि गोल गरेपछि प्लानिङले फराकिलो अग्रता बनायो। ६६औं मिनेटमा विकासले टोलीका लागि पाँचौं गोल गरे। पाँच मिनेटपछि नै साइरसले गोल गरेपछि मच्छिन्द्रले ६–० को अग्रता लियो।

विकासले ७४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरे। सुमनले ७९औं र ८९औं मिनेटमा लगातार गोल गरेपछि प्लानिङ ब्वाइजको रक्षापंक्ति धराशयी भयो। इन्जुरी समयमा ब्वाइजले दशौं गोल पूरा गर्‍यो। सुमनले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि मच्छिन्द्रले १०–० को एकतर्फी जित निकाल्यो।

एन्फा कम्प्लेक्स मैदानमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली एपिएफ क्लबविरुद्ध १–० को कठिन जित निकाल्यो। सौगात राईले गरेको गोल नै चर्च ब्वाइजलाई तीन अंक दिलाउन पर्याप्त भयो। खेलको पहिलो हाफमा गरेको एक मात्र भएको हो।

खेलको १०औं मिनेटमा सौगातले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा एपिएफ खेलमा फर्किने संकेत गरेको थियो। तर, सफल हुन सकेन र चर्च ब्वाइजले साँघुरो जित निकाल्यो। जितसँगै १५ खेलबाट चर्च ब्वाइजले २८ अंक जोड्यो। यससँगै चर्च ब्वाइज पाँचौं स्थानमा उक्लिएको छ। पराजित एपिएफ समान खेलबाट २६ अंकका साथ सातौं स्थानमा छ।  

प्रकाशित: ११ भाद्र २०८२ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App