२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

रियल मड्रिड छाडेर फुलहम पुगे गोन्जालो गार्सिया, ४० मिलियन युरोमा सम्झौता

इंग्लिस प्रिमियर लिग क्लब फुलहमले रियल मड्रिडका युवा फरवार्ड गोन्जालो गार्सियालाई अनुबन्ध गरेको छ।

 क्लबले २२ वर्षीय गार्सियासँग सन् २०३१ सम्मका लागि पाँच वर्षे सम्झौता भएको पुष्टि गरेको छ। सम्झौतामा थप एक वर्ष लम्ब्याउन सकिने विकल्पसमेत राखिएको छ।

गार्सियालाई अनुबन्ध गर्न फुलहमले रियल मड्रिडलाई ४० मिलियन युरो अर्थात् करिब ३४ मिलियन पाउन्ड तिरेको हो। युवा खेलाडीका रूपमा रियल मड्रिडमा आफ्नो सम्भावना देखाएका गार्सियाले अब आफ्नो करियरको नयाँ अध्याय इंग्ल्यान्डमा सुरु गर्ने भएका छन्। गार्सियाको फुलहम आगमनसँगै उनको पुनर्मिलन पूर्व रियल मड्रिड प्रशिक्षक अल्भारो अर्बेलोआसँग हुनेछ।

अर्बेलोआले यसै सिजनमा फुलहमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन्। उनले मार्को सिल्भाको स्थान लिएका थिए। फुलहम पुगेपछि गार्सियाले आफू क्लबमा आउन पाउँदा निकै खुसी र उत्साहित रहेको बताएका छन्।

प्रकाशित: १९ श्रावण २०८३ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App