फ्रेन्च ओपनको महिला एकलतर्फको फाइनलमा रुसकी मिर्रा एन्ड्रीभा र पोल्यान्डकी माजा च्वालिन्स्काबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनमा प्रवेश गरेका हुन्। योसँगै फ्रेन्च ओपनले महिला एकलतर्फ पहिलो पटक नयाँ विजेता पाउने भएको छ।
टिनएजर्स मिर्रा युक्रेनकी मार्ता कोस्त्युकलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेकी हुन्। पहिलो सेट ६१ ले जितेकी मिर्राले दोस्रो सेटमा समेत ६३ को सहज जित निकालिन्।
अर्को सेमिफाइनलमा २४ वर्षे माजाले रुसकी डिआना स्नाइडरलाई सोझो सेटमा स्तब्ध पारिन्। प्रतिस्पर्धात्मक पहिलो सेटमा ७६ (७४) ले आफ्नो पक्षमा पारेकी पोलिस गर्लले दोस्रो सेटमा भने ६४ को सहज जित निकालिन्।
विना वरीयाताका माजा र मिर्राबीचको उपाधि भिडन्त शनिबार हुनेछ।
प्रकाशित: २२ जेष्ठ २०८३ १२:५९ शुक्रबार





