दोस्रो दिनको टेनिस खेलमा महिला सिङ्गलतर्फ चार जना विजयी भएका छन्। सशस्त्रकी समृद्धि महर्जन, नेपाल अर्मीकी शिवली गुरुङ, स्वस्तिका बिष्ट र बागमतीकी प्रज्ना मानन्धर विजयी भएकी हुन्।
सशस्त्रकी समृद्धि महर्जनले गण्डकीकी शालवीलाई ६–३, १–६, ६–३ स्कोरले पराजित गरेकी छन्। यस्तै नेपाल अर्मीकी शिवाली गुरुङले सशस्त्रकी भगवती बिकलाई ६–०, ६–१ स्कोरले पराजित गरेकी छन्। बागमतीकी प्रज्ना मानन्धरले गण्डकीकी आरुषी तुलाचनलाई ६–०, ६–० स्कोरले पराजित गरिन्।
नेपाल अर्मीकी स्वस्तिका बिष्टले सुदूरपश्चिमकी आस्मी धामीलाई ६–०, ६–० स्कोरले पराजित गरेको लन टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिए। बुधबार महिला सिङ्गलतर्फ ४, पुरुष डबलतर्फ ७ र मिक्स डबलतर्फ २ खेल गरी जम्मा १३ खेल भएको उनले जनाए।
यस्तै पुरुष डबलतर्फ सशस्त्रका सन्तोष खत्री, सक्षमबहादुर शाहले गण्डकीका शाश्वत बज्राचार्य, अनिल शाहलाई ७–६, ६–४ स्कोरले पराजित गरेका छन्। सुदूरपश्चिमका माधवसिंह बिष्ट, रमेशसिंह डाँगाले लुम्बिनीका विष्णु चापागाईं, सुमन थारुलाई ६–४, ६–३ स्कोरले पराजित गरेका छन्।
नेपाल प्रहरीका निहाल जंग थापा, दर्शिल श्रेष्ठले बागमतीका गगन महर्जन, निश्चल कायस्थलाई ६–३, ६–२ स्कोरले पराजित गरेका छन्। गण्डकीका प्रदिप खड्का, करणबहादुर थापाले आर्मीका कुमार तामाङ, नकुल थापालाई ६–०, ६–२ स्कोरले पराजित गरेका छन्।
एनआरएनका असभ सम्राट हडा, दाबा शेर्पाले लुम्बिनीका हिमाल शाह, मेघेन्द्र गिरीलाई ३–६, ६–१, १०–५ स्कोरले पराजित गरेका छन्। सशस्त्रका देवाशिष रेउले, सुमन लामाले एनआरएनका अन्जोन लामा, रेन्जेन लामालाई ६–४, ७–६ स्कोरले पराजित गरेका छन्। बागमतीका निशान श्रेष्ठ, प्रितम परियारले सुदूरपश्चिमका दिलिप गुप्ता, अशोक थापालाई ६–१, ६–१ स्कोरले पराजित गरेका छन्।
यस्तै मिक्स डबलतर्फ नेपाल अर्मीकी शिवली गुरुङ, राजबिर प्रधानले गण्डकीका शाश्वत ब्रजाचार्य,शल्वी शेरचनलाई ६–०, ६–१ स्कोरले पराजित गरेका छन्। बागमतीका प्रकृति श्रेष्ठ, निशान श्रेष्ठले सशस्त्रका सन्तोष भण्डारी, भगवती बिकलाई ६–०, ६–३ स्कोरले पराजित गरेका छन्।
प्रकाशित: ९ मंसिर २०८३ २०:३१ बुधबार




-600x400.jpg)
