नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्वप्रशिक्षक मनोज कटुवालले राजीनामा दिएका छन्।
मनोजले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले राजीनामा दिएको जनाएका हुन्। उनले नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षको रूपमा रहन पाउँदा आफ्नो जीवनको एक महत्वपूर्ण क्षण रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले गत पुष १ गते भारतका हर्षल पाठकलाई महिला टोलीको मुख्य प्रशिक्षको रूपमा नियुक्त गरेको थियो।
महिला टोलीले आउँदो जनवरी १२ देखि घरेलु मैदानमा विश्वकप ग्लोबल छनोट खेल्दै छ।
प्रकाशित: ११ पुस २०८२ ११:३४ शुक्रबार





