१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाली किशोरीलाई पहिलो सफलता

नेपाली किशोरी भलिबल टोलीले श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपमा पहिलो जित आत्मसात् गरेको छ।

श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको खेलमा नेपालले घरेलु टोलीमाथि ३–१ को जित निकाल्यो। च्याम्पियन बन्ने लक्ष्यसहित त्यहाँ पुगेको नेपाली टोलीले दोस्रो खेलमा पहिलो सफलता पाएको हो। पहिलो खेलमा नेपाल बलियो टोली किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो।

गत संस्करणको काभा यु–२० महिला च्याम्पियनसिपमा किर्गिस्तान च्याम्पियन टोली हो। सोही उमेरसमूहको च्याम्पियन किर्गिस्तानसँग नेपाली किशोरी टोलीले चुनौती दिए पनि सफल भएन तर, दोस्रो खेलमा नेपाली टोलीले जित निकाल्दै चार टोली रहेको प्रतियोगिताको लिगमा शीर्ष दुईको दाबेदारी गरेको छ।

नेपालले पहिलो दुई सेट २५–१८ र २६–२४ ले आफ्नो पक्षमा पारेको थियो तर तेस्रो सेटमा नेपालले खराब प्रदर्शन गर्‍यो। श्रीलंकाले तेस्रो सेट २५–१९ ले आफ्नो बनायो। यद्यपि, नेपालले चौथो सेट २५–२० ले आफ्नो पक्षमा राख्दै पाँचौं सेटतर्फ पुग्न दिएन। जितसँगै नेपालले दुई खेलमा तीन अंक जोडेको छ। अब नेपालले लिग चरणको अन्तिम खेलमा बिहीबार माल्दिभ्सको सामना गर्नेछ।  

प्रकाशित: २० कार्तिक २०८२ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App