१२ वैशाख २०८३ शनिबार
image/svg+xml
खेल

त्रिवि मैदानमा पहिलोपटक रात्रिकालीन अन्तर्राष्ट्रिय क्रिकेट

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानले सोमबार नयाँ इतिहास रच्दैछ। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने टी–२० अन्तर्राष्ट्रिय खेलसँगै पहिलोपटक नेपाली भूमिमा रात्रिकालीन अन्तर्राष्ट्रिय क्रिकेट आयोजना हुन लागेको हो।

नेपाल र यूएईबीच दुई टी–२० खेल हुनेछन्, दुवै खेल फ्लडलाइटमा सञ्चालन गरिनेछ। यससँगै त्रिवि मैदानले अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ अध्याय सुरु गर्न लागेको छ।

यसअघि यही मैदानमा फ्लडलाइटमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना भइसकेको थियो। त्यो प्रतियोगिताले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको थियो। तर, त्यो घरेलु प्रतियोगिता भएकाले अबको खेलले छुट्टै ऐतिहासिक महत्व बोकेको छ।

No description available.

सोमबार नेपाल र यूएई मैदानमा उत्रिँदा नेपाली क्रिकेटले लामो समयदेखि प्रतीक्षा गरेको क्षण साकार हुनेछ। पछिल्लो समय नेपाली खेलकुदमा क्रिकेटप्रतिको आकर्षण उच्च रहेको छ, र समर्थकको उत्साह पनि निरन्तर बढ्दो छ।

ऐतिहासिक खेललाई सफल बनाउन नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार साँझ फ्लडलाइट र मैदानको प्राविधिक परीक्षण सम्पन्न गरेको छ।

घरेलु मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय रात्रिकालीन खेल हुन लागेकाले नेपाली टोली पनि फ्लडलाइटमा अभ्यासमा व्यस्त छ।

यसै शृंखलासँगै नेपाली टी–२० टोलीले नयाँ कप्तान पनि पाएको छ। टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी–२० टोलीको कप्तानी सम्हाल्दै नयाँ जिम्मेवारी सुरु गरेका छन्।

प्रकाशित: ६ वैशाख २०८३ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App