२ पुस २०८२ बुधबार
image/svg+xml
खेल

‘फायर’ करण केसी: ४ रन जोड्दा सुदूरपश्चिमका ३ मुख्य विकेट पतन

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ लाइनअप ध्वस्त भएको छ।

काठमाडौं गुर्खाजका कप्तान तथा तीव्र गतिका बलर करण केसीको घातक बलिङसामु सुदूरपश्चिमको शीर्ष क्रम पूरै धराशायी बनेको हो।

खेलको तेस्रो ओभर चलिरहँदा सुदूरपश्चिमले लज्जास्पद सुरुवात गर्दै मात्र ४ रन को स्कोरमा आफ्ना ३ महत्त्वपूर्ण विकेट गुमाएको छ।

काठमाडौंका बलर केसीले एक्लैले सुदूरपश्चिमको टप अर्डर सिध्याइदिएका हुन्। उनले जोस ब्राउन र विनोद भण्डारीलाई शून्य रमै आउट गराएपछि, तेस्रो विकेटको रूपमा खतरनाक मानिने विदेशी खेलाडी क्रिस लिन लाई पनि पेभिलियन फर्काए।

लिन १० बलमा २ रन बनाउँदै मिलिन्द कुमारको हातबाट क्याच आउट भए।

अहिले क्रिजमा आरिफ शेख (१ रन) र इशान पाण्डे (० रन) रहेका छन्। पावरप्लेमै ३ विकेट गुमाएपछि सुदूरपश्चिम रोयल्स अहिले ठुलो दबाबमा परेको छ भने करण केसीले २ ओभरमा २ रन खर्चेर ३ विकेट लिँदै सानदार प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: ३ मंसिर २०८२ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App