३ असार २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप: कुन राष्ट्र पहिलो पटक खेल्दैछन् विश्वकप ?

फुटबलको महाकुम्भ फिफा पुरुष विश्वकप आउन अब केही समय मात्र बाँकी छ।  

जुन ११ देखि सुरु हुने फिफा विश्वकपमा पहिलो पटक कूल ४८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। तीन राष्ट्रले आयोजना गर्ने लागेको सो विश्वकपमा कूल १०४ वटा खेलहरु हुनेछन्।  

यो अवस्थामा यतिबेला फिफा विश्वकपलाई लिएर संसारभर नै माहोल तात्दैँ छ। यस्तोमा यो पटक चार नयाँ टोलीले पहिलो पटक विश्वकप खेल्दैछन्। जसमा जोर्डन, उज्वेकिस्तान, कुराकाओ र केप भर्डेले यस विश्वकपमा डेब्यू गर्दैछन्।

जोर्डन

पछिल्लो समय मध्य एसियामा सफल भइरहेको टोली जोर्डनले पहिलो पटक फिफा पुरुष विश्वकप खेल्दै छ। एसियाली क्षेत्र छनोटको तेस्रो चरणको छनोट खेलबाट जोर्डनले विश्कपमा स्थान बनाएको हो।  

उक्त छनोटमा ओमानलाई ३- ० गोलले पराजित गरेसँगै जोर्डन विश्वकपमा छनोट भएको हो। ४० वर्षअघि देखि नै विश्वकप छनोटमा सहभागीता जनाउँदै आइरहेको जोर्डनले निकै लामो समयपछि विश्वकपमा स्थान बनाउन सक्यो।

विश्वकपको समूह जी मा परेको जोर्डनले साविक विजेता अर्जन्टिनासहित अल्जेरिया र अष्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।

उज्वेकिस्तान

एसियाको पछिल्लो समयको अर्को सफल फुटबल टोली हो उज्जवेकिस्तान। जोर्डनझैँ उज्वेकिस्तानले पनि एसिया क्षेत्र छनोटको तेस्रो चरणमा सुंक्त अरब इमिरेटस (युएई)सँग गोलरहित बराबरी खेलेपछि पहिला पटक फिफा विश्वकपमा पुगेको हो।  

विश्वकपमा छनोट हुने बलियो दाबेदार दिदैँ आएता पनि उज्जवेकिस्तान यसपटक मात्र सफल हुन पुग्यो। समूह के मा रहेको टोलीले पोर्चुगल कोलम्बिया र कंगोसँग प्रतिस्पर्धा गर्दैछ।

कुराकाओ  

कुराकाओ फिफा विश्वकपको इतिहासमा छनोट हुने पहिलो सानो राष्ट्र हो। क्यारबियन टापु कुराकाओले जमैकासँग छनोटमा बराबरी खेलेपछि पहिलो पटक इतिहास रच्दै विश्वकपमा स्थान बनाएको हो।  

यसअघि विश्वकपमा आइसल्यान्ड सबैभन्दा सानो राष्ट्र  थियो। सानो जनसंख्या भएको उक्त देशले पहिलो पटक विश्वकपमा सहभागीता जनाइरहँदा कुराकाओ प्रदर्शन हेर्न यतिबेला विश्व फुटबल आतुर छ।  

कुराकाओ समुह इ मा रहेको छ। विश्वकपमा सफल रहेको टोली जर्मनीसँगै कुराकाओले कोट डि आइवर र इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।  

केप भर्डे  

अफ्रिकन मुलुकबाट छनोट भएको केप भर्डेले पहिलो पटक फिफा पुरुष विश्वकपमा सहभागीता जनाउँदै छ।  

इस्वातिनीलाई ३- ० गोल ले पराजित गरेर केप भर्डेले विश्वपकमा स्थान बनाएको हो। यो देशमा पनि करिब ४ देखि ५ लाख मानिहरु बसोबास गर्दै आएका छन्।  

२० वर्षअघिसम्म यो टोली विश्व फुटबलमा निकै कमजोर मानिन्थो यहाँका धेरै खेलाडी युरोपमा जन्मिएका वा खेलिरहेका डायस्पोरा खेलाडी हुन्।  

फिफा विश्वकपमा यो टोली एच मा परेको जहाँ उसले स्पेन, साउदी अरेबीया र उरुग्वेसँग खेल्नेछ।

प्रकाशित: २५ वैशाख २०८३ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App