११ असार २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : फाइनलमा ट्रम्पले ट्रफी हस्तान्तरण गर्ने

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६को फाइनलमा ट्रफी हस्तान्तरण गर्ने भएका छन्।

विश्वकपको फाइनलमा ट्रफी हस्तान्तरण समारोहमा ट्रम्प पनि सहभागि हुने योजना रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले जानकारी दिए।

‘हामी राष्ट्रपतिसँगै हुनेछौं, फाइनलको आनन्द लिनेछौं, र विजेतालाई ट्रफी हस्तान्तरण गर्नेछौं,’ फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने।

जुलाई १९ मा न्यु जर्सीको पूर्वी रदरफोर्डमा हुने फाइनल खेलमा उनी र ट्रम्पले सँगै ट्रफी प्रस्तुत गर्नेबारे सोध्दा इन्फान्टिनोले भने,‘अवश्य पनि। हामी सधैं सँगै छौं।’

गत वर्ष क्लब विश्वकपको फाइनलमा चेल्सीले पेरिस सेन्ट–जर्मेनलाई ३–० ले पराजित गर्दा ट्रम्पले पनि खेल हेरेका थिए। चेल्सीले ट्रफी उचाल्दा उनी पनि स्टेजमै थिए।

ट्रम्पले यस वर्षको विश्वकपमा अहिलेसम्म कुनै पनि खेल हेरेका छैनन्।

विश्वकपको समूह चरणको खेलहरु जारी रहेको छ। राउण्ड अफ ३२ चरण खेल्ने टोलीहरुको टुङ्गो लागिदै छ। मेक्सिको, ब्राजिल, संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, नर्वे, अर्जेन्टिना र कोलम्बिया नकआउट चरणमा पुगिसकोका छन्।

प्रकाशित: १० असार २०८३ १६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App