फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसियाबिच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ। मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा भइरहेको खेलमा स्वीडेनले तेस्रो गोल हात पारेको छ।
खेलको ५९औँ मिनेटमा स्वीडेनका भिक्टर ग्योकेरेसले गोल गरे। यो सँगै स्वीडेनले ३-१ को रोमाञ्चक अग्रता बनाएको हो।
यसअघि ट्युनिसियाका लागि खेलको ४३ औं मिनेटमा उमर रेकिकले एक गोल गरेका छन्। योसहित ३-१ को स्थितिमा खेल भइरहेको छ।
यसअघि खेलको सातौं मिनेटमै २२ वर्षीय ब्राइटन मिडफिल्डर यासिन अयारीले उत्कृष्ट गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोल सन् १९९४ मा मार्टिन डाहलिनको गोलपछि विश्वकपमा स्वीडेनको सबैभन्दा पहिलो गोल हो। त्यसैगरी खेलको ३० औं मिनेटमा स्टार स्ट्राइकर अलेक्ज्याण्डर इसाकले थप एक गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाएका थिए।
प्रकाशित: १ असार २०८३ ०९:११ सोमबार


-600x400.jpg)


