२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : जापानको दोस्रो गोल, ट्युनिसियाविरुद्ध २-० को अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध शानदार सुरुवात गरेको छ। खेलको चौथो मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको छ।

सोही अग्रतालाई जापानले कायम गरेको छ। मोन्टेरी स्टेडियममा भइरहेको खेलको ३१औँ मिनेटमा एस उदाले दोस्रो गोल गर्दै जािानको अग्रतालाई कायम राखेका हुन्।

यसैगरी, खेलको सुरुदेखि नै आक्रामक देखिएको जापानका लागि दाइची कामादाले पहिलो गोल गरेका थिए।

यो गोल जापानको विश्वकप इतिहासमै सर्वाधिक छिटो गोल हो। सुरुवाती समयदेखि नै ट्युनिसियालाई दबाबमा राखेको जापानले विपक्षीलाई खेलमा फर्किने मौका दिएको छैन। ट्युनिसिया र जापान दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्दै छनोटको आशा जीवित राख्ने लक्ष्यमा छन्।

ट्युनिसियाविरुद्ध जापान २-० को अग्रतासहित खेलिरहेको छ। 

प्रकाशित: ७ असार २०८३ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App