फिफा विश्वकप २०२६ को यो खेलमा जुड बेलिङ्घम र ह्यारी केनको दोस्रो हाफको गोलसँगै इङ्ल्यान्डले समूह एलमा पहिलो स्थान सुनिश्चित गरेको छ।
न्युयोर्कको न्यु जर्सी रंगशालामा भएको उक्त खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो।
इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लिएको थियो। जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन।
प्रकाशित: १४ असार २०८३ ०६:३९ आइतबार


-600x400.jpg)


