१५ असार २०८३ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप : इजिप्ट र इरानबीचको खेल बराबरीमा टुंगियो

फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ।

इरानको एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि यो खेल बराबरीमा टुंगिएको हो।

इजिप्टका लागि महमुद साबेरले खेलको पाँचौं मिनेटमा गोल गरेका थिए। यस्तै खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुकेका थिए।

इरानका लागि १४ औं मिनेटमा रमिन रजाइनले गोल फर्काएपछि खेललाई बराबरीमा ल्याएका थिए।

खेलमा इजिप्टले इरानसँग १-१ को बराबरी खेल्दै ५ अंक नै जोडे पनि गोल अन्तरमा बेल्जियम अघि रहेको छ। बेल्जियम र इजिप्टले समूह चरणमा १-१ को बराबरी खेलेका थिए।

यो खेलपछि इजिप्ट समूह ‘जी’मा एक जित, दुई बराबर खेल्दै ५ अंकसहित अंक तालिकामा दोस्रो रह्यो। यो समूहको विजेता ५ अंक नै रहेको बेल्जियम समूह विजेता बनेको छ।

इरान ३ अंकसहित अंक तालिकामा तेस्रो स्थानमा छ। इरानको नकआउट चरणमा पुग्ने सम्भावना अझैँ जीवित रहनेछ।

अब इजिप्टले अन्तिम ३२ को चरणमा अष्ट्रेलियासँग डलासमा प्रतिस्पर्धा गर्नेछ। उता इरान भने उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीमध्ये पर्न सक्छ वा सक्दैन भन्ने नतिजाको प्रतीक्षामा रहनेछ।

प्रकाशित: १३ असार २०८३ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App