फिफा विश्वकप २०२६ को आइबारको खेलमा घानाविरुद्ध क्रोएसियाले जित हात पारेको छ।
समूह ‘एल’ अन्तर्गतको यो खेलमा क्रोएसियाले घानाविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो। यो जित सँगै क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ।
क्रोएएसियाले खेलको ३१ औं मिनेटमा अग्रता लिएको थियो। क्रोएसियाका लागि पिटर सुसिकले गोल गरेका थिए।
यस्तै, ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि ८३ औं मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाएका थिए। त्यही गोल अन्तिम समयमा निर्णायक बन्यो।
यो जितसँगै समूह ‘एल’मा क्रोएसियाले एक हार र दुई जित खेल्दै ६ अंक जोडेर उपविजेता बनेको छ। यो समूहमा एक हार, एक जित र एक बराबरी खेलेर घानाले ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। ४ अंक जोडेकाले उत्कृष्ट तेस्रो मध्येको एक टोली बनेर घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ।
प्रकाशित: १४ असार २०८३ ०६:३० आइतबार





