२८ असार २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : बेल्जियमको सानदार जित, सह-आयोजक अमेरिका बाहिरियो

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियमले सानदार जित निकालेको छ।

सह-आयोजक अमेरिकामाथि ४-१ गोलको सहज जित निकाल्दै बेल्जियमले स्पेनसँग हुने रोमाञ्चक क्वार्टरफाइनलमा भेट पक्का गरेको छ।

 बेल्जियमले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सहज रूपमा अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ, घरेलु समर्थकको साथ पाएको अमेरिकाका लागि यो निकै निराशाजनक प्रदर्शन रह्यो।

खेलको ९०+३ मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकाविरद्ध ४-१ गोल बनाएको हो।

यसअघि, खेलको ५७ औं मिनेटमा हान्स भानकेनले गरेको बेल्जियमको अग्रतम बढाएका थिए। साथै, खेलको ३२औं मिनेटमा चार्ल्स डी केटलेरेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को स्थितिमा पुर्‍याएका थिए। खेलको नवौं मिनेटमा पनि केटलेरेले नै गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए।

यस्तै, खेलको ३१औं मिनेटमा अमेरिकाका मलिक टिलम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। टिलम्यानको प्रहारमा हान्स भनाकेनले हेड गर्दा बलले दिशा परिवर्तन गरी बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुआलाई झुक्याउँदै जाली चुमेको थियो।

तर, बराबरीको केही क्षणमै बेल्जियमले उत्कृष्ट जवाफ फर्कायो। लेन्ड्रो ट्रोसार्डले बाँया भागबाट दिएको क्रसमा डी केटलेरेले रिचर्ड्स र रिमभन्दा माथि उफ्रेर उत्कृष्ट हेडरमार्फत गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाएका थिए।

प्रकाशित: २३ असार २०८३ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App