३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : टर्कीविरुद्ध अस्ट्रेलियाको २-० को अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा टर्कीविरुद्ध अस्ट्रेलियाले दोस्रो गोल गरेको छ।

क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको ७५औँ मिनेटमा कानर मेटकाफले गरेको दोस्रो गोलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २-० को अग्रता कायम गरेको हो।

यसअघि जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोल गर्दै सुरुवाती अग्रता लिएको थियो।

समूह 'डी' अन्तर्गतको यो उद्घाटन खेलमा उनीहरूले पहिलो पटक भेट गरेका हुन्।

प्रकाशित: ३१ जेष्ठ २०८३ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App