१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

फिफा विश्वकप २०२६ : ३३ खेलमै १०० गोलको कीर्तिमान

२०२६ को विश्वकप १९५८ पछि प्रतियोगिताको सबैभन्दा छिटो १०० गोल पूरा गर्ने संस्करण बनेको छ। यो उपलब्धि ३३ औं खेलमा पूरा भएका हो।

शनिबार स्वीडेनमाथि ५–१ को जितमा नेदरल्याण्ड्सका फरवार्ड कोडी गाक्पोले टीमको लागि तेस्रो गोल गरेसँगै विश्वकपमा १०० गोल पुरा भएको हो। ६८ वर्षमा पहिलो पटक ३३ खेलमा १०० गोल पुरा भएको हो।

सबैभन्दा छिटो सन् १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकपमा केवल २० खेलमा १०० गोल पुरा भएको थियो। त्यो विश्वकप पश्चिम जर्मनीले जितेको थियो।

ब्राजिलमा भएको  २०१४ को विश्वकपमा ३६ खेलमा १०० गोल पुरा भएको थियो। १९७८ मा अर्जेन्टिना र १९९४ मा संयुक्त राज्य अमेरिकामा भएको विश्वकपमा ३८ खेलमा पुरा भएको थियो।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो विश्वकपमा प्रति खेल औसत ३.०९ गोल भएको छ। यसपाली ३०० गोल सजिलै पार हुने आँकलन गरिएको छ।

जारी विश्वकपमा जुन ११ मा मेक्सिको सिटीमा भएको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि २–० को जित हासिल गर्दै मेक्सिकोका जुलियन क्विनोन्सले गोल गर्दै सुरुवात गरेका थिए।

जुन १४ मा ह्युस्टनमा जर्मनीले डेब्यु टीम कुरासाओलाई ७–१ ले हराएको देखि चार दिनपछि भ्यानकुभरमा क्यानडाले कतारलाई ६–० ले हराएको सम्म गोलको वर्षा भएको छ।

यो हप्ताको सुरुमा फ्रान्सका कप्तान केलियन एमबाप्पेले सेनेगलविरुद्ध ३० यार्डबाट सशक्त प्रहार गर्दै प्रतियोगिताकै सबैभन्दा लामो गोल गरेका थिए। जुन हेर्दा खेलहरूमा प्रयोग हुने एडिडास ‘ट्रायोन्डा’ बल हल्का देखिन्थ्यो।

यस्तै, स्वीडेनका यासिन अयारीले ट्युनिसियाविरुद्ध २४.८ यार्ड र २४.३ यार्डबाट दुई गोल गरेका थिए। अष्ट्रेलियाका कोनर मेटकाल्फ (ट्युनिसिया विरुद्ध २५.६ यार्ड) र इस्माइल साइबारी (ब्राजिलविरुद्ध २४.७ यार्ड) का गोल शीर्ष पाँचमा पर्छन्।

इङ्गल्याण्डका पूर्व गोलकिपर जो हार्टले बिबीसीसँग गोलकिपरहरू बल नियन्त्रणमा लिन संघर्ष गरिरहेको बताए। १७ जुनमा इङ्गल्याण्डविरुद्ध क्रोएसियाका मार्टिन बटुरिनाले बराबरी गोल गर्दा जोर्डन पिकफोर्डलाई बलले अपेक्षा गरेभन्दा छिटो दौडिरहेको जस्तो देखिएको बताए।

पेनाल्टी क्षेत्र बाहिरबाट १० भन्दा बढी गोल भएका छन् भने ३३ खेल्दा एक खेलमा मात्रै गोलरहित बराबरी भएको छ। जुन १५ मा एटलान्टामा २०१० को विश्व च्याम्पियन स्पेनलाई डेब्यु टीम केप भर्डेले गोलरहित बराबरी खेलेको थियो।

केप भर्डेले स्पेनलाई निराश पारे पनि आकार र जनसंख्याको हिसाबले प्रतियोगितामा भाग लिने सबैभन्दा सानो राष्ट्र कुरासाओले आफ्नो पहिलो खेलमा जर्मनीविरुद्ध सात गोल खायो।

१०० गोल पुग्नुमा सेलिब्रेटि फुटबलरहरुको पनि हात छ। लियोनेल मेस्सीले अल्जेरिया विरुद्ध ह्याट्रिक गरे। केलियन एमबाप्पेले सेनेगल विरुद्ध दुई गोल गर्दा भिनिसियस जुनियरले ब्राजिलका दुबै खेलमा गोल गरे।

म्यानचेस्टर सिटीका लागि २७ गोल गर्दै २०२५–२६ प्रिमियर लिग गोल्डेन बुट जितेका एर्लिङ हालान्डले पनि इराक विरुद्ध नर्वेको ४–१ को जितमा दुई गोल गरे। 

प्रकाशित: ७ असार २०८३ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App