२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

एन्फामा बाह्य हस्तक्षेप भएको फिफा र एएफसीको ठहर, वैशाख २१ भित्र निलम्बन फिर्ता लिन आग्रह

<br>

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक मामिलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुचित बाह्य हस्तक्षेप भएको निष्कर्ष निकालेका छन्।

फिफा र एएफसीले राखेपलाई आफ्नो निर्णय मे ४ (बैशाख २१) सम्म फिर्ता लिन आग्रह गरेको छ।

एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै फिफाका चिफ मेम्बर एसोसिएसन अफिसर एखान मामादोभ र एएफसीका डेपुटी जनरल सेक्रेटरी मेम्बर एसोसिएसन वाहिद कार्दानीले राखेपको गत मार्च २५ को निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।

राखेपले एन्फाको जारी निर्वाचन प्रक्रिया रोक्न, विधानका केही प्रावधान संशोधन गर्न र जिल्ला फुटबल संघहरूलाई आफ्नो विधान र साधारण सभा संशोधन गर्न निर्देशन दिएको थियो।

फिफा र एएफसीले राखेपको उक्त कदमलाई फिफा र एएफसीको विधानविपरीतको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

पत्रमा भनिएको छ, ‘राखेपको उक्त निर्णयले एन्फाको स्वायत्तता र गतिविधिमा गम्भीर असर पारेको छ। यो फिफा र एएफसीको सदस्य संघको रूपमा एन्फाले पालना गर्नुपर्ने दायित्वको स्पष्ट उल्लंघन हो।’

गत अप्रिल १३ मा राखेप, एन्फा, फिफा र एएफसीका प्रतिनिधिबीच भएको अनलाइन छलफलपछि यो पत्र आएको हो। फिफा र एएफसीले मे ४ सम्ममा राखेपले आफ्नो अडान पुनरावलोकन गरी निर्णय फिर्ता लिएमा मात्र सबै सरोकारवालासँग थप रचनात्मक संवाद अघि बढाउने स्पष्ट पारेका छन्।

प्रकाशित: १० वैशाख २०८३ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App