३० असार २०८३ मंगलबार
image/svg+xml
खेल

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो।

डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान  ह्यारी केन नायक बने। उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे। खेलमा पहिलो अग्रता भने कंगोले लियो।

खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई  पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए। खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन।

यो हारसँगै कंगो विश्वकपबाट बाहिरिएको छ।

प्रकाशित: १८ असार २०८३ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App