मेक्सिकोलाई हराउँदै इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको इङ्गल्याण्डले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी रंगशालामा सम्पन्न खेलको ६९औं मिनेटमा राउल जिमेनेजले पेनाल्टी सुटआउटमार्फत गोल गर्दै मेक्सिकोले इङ्गल्याण्डलाई पछ्याइरहेको थियो।
यसअघि, पहिलो हाफ अगाडि नै मेक्सिकोविरुद्ध २-१ गोलले अग्रता बनाएको इङ्गल्याण्डले थप गोल गरेको थियो। खेलको ६०औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दा इङ्गल्याण्डले ३-१ को अग्रता बनाएको थियो।
यस्तै, खेलको ३६औं मिनेटमा यहूदा बेलिङ्घमले गोल गरेर इङ्गल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए। यस्तै, खेलको ३८औं मिनेटमा बेलिङ्घमले नै गोल गरेर इङ्गल्याण्डको अग्रतालाई दोब्बर बनाएका थिए।
त्यसपछि, मेक्सिकोका जुलियन क्विनोनेसले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। सोपछि मेक्सिकोले कुनै गोल गर्न सकेको छैन।
यस्तै, खेलको ५४औंमिनेटमा इङ्गल्याण्डका जारेल क्वान्साहलाई रेड कार्ड देखाइएको छ। यो सँगै उनी मैदान बाहिर रहेका छन्।
अब इङ्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। उत्कृष्ट प्रतियोगिता खेलेको मेक्सिको भने प्रतियोगिताबाट बाहिरिएको छ।
प्रकाशित: २२ असार २०८३ ०८:५४ सोमबार





