२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

पेनाल्टी सुटआउटमा गोलपछि मेक्सिकोविरुद्ध इङ्गल्याण्ड ३-१ ले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा मेक्सिकोविरुद्ध इङ्गल्याण्डले आफ्नो सुरुवाती अग्रतालाई कायमै गरेको छ।

मेक्सिको सिटी रंगशालामा जारी खेलको पहिलो हाफ अगाडि नै मेक्सिकोविरुद्ध २-१ गोलले अग्रता बनाएको इङ्गल्याण्डले थप गोल गरेको छ। खेलको ६०औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दा इङ्गल्याण्डले ३-१ को अग्रता बनाएको छ।

यसअघी, खेलको ३६औं मिनेटमा यहूदा बेलिङ्घमले गोल गरेर इङ्गल्याण्डलाई पहिलो अग्रता दिलाएका थिए। यस्तै, खेलको ३८औं मिनेटमा बेलिङ्घमले नै गोल गरेर इङ्गल्याण्डको अग्रतालाई दोब्बर बनाएका थिए।

त्यसपछि, मेक्सिकोका जुलियन क्विनोनेसले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। सोपछि मेक्सिकोले कुनै गोल गर्न सकेको छैन। 

यस्तै, खेलको ५४औंमिनेटमा इङ्गल्याण्डका जारेल क्वान्साहलाई रेड कार्ड देखाइएको छ। यो सँगै उनी मैदान बाहिर रहेका छन्।

प्रकाशित: २२ असार २०८३ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App