२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

मधेस यूनाईटेडमा अनुबन्ध भएका नेदरल्यान्ड्सका खेलाडी नेपाल आइपुगे

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को लागि मधेस यूनाईडेटमा अनुबन्धन भएका नेदरल्यान्ड्सका खेलाडी नेपाल आइपुगेका छन्।  

नेदरल्यान्डसका डानिक आर्डेमा, क्रिस्टन वेसेल्स र रोमी भिनस्ट्रा आइतबार नेपाल आइपुगेका हुन्।  

उनीहरुलाई मधेसको मलिक शर्मिला थापा, सीईओ खुशी थापा, मुख्य प्रशिक्षक कोपिला उप्रेती र टिम म्यानेजर निजन गुरुङले विमानस्थलमा स्वागत गरे।

डानिक आर्डेमा नेदरल्यान्डसकी अनुभवी सेटर हुन जसले नेदरल्यान्ड्स, स्पेन र जर्मनको शीर्ष क्लबमा खेलेकी छन्।  

नेदरल्यान्ड्सकी २६ वर्षीया आउट साइटर हिटर क्रिस्टन वेसेल्स नेदरल्यान्ड्सको यू-१९, यू- २० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन्।  

त्यस्तै, रोमी भिनस्ट्राले सन् २०२१-२२ देखि नै नेदरल्यान्ड्को शीर्ष डिभिजन अन्तर्गत सुडोसा- डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदशन गर्दै आएकी छ्न ।  

यी, तीनै खेलाडीहरुलाई मधेस युनाइडेडमा आवद्ध गर्न पाउँदा मधेस यूनाईटेड टिम धेरै उत्साहित रहेको र उनीहरूको अन्तर्राष्ट्रिय अनुभवले प्रतियोगिता जित्ने विश्वास रहेको बताएका छन् ।  

मधेस यूनाइटेडको मार्की खेलाडीको रुपमा निरुता ठगुन्ना छन्।

प्रकाशित: १५ भाद्र २०८२ १९:३२ आइतबार