पाचौं एसिया,प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन जाने भएको छ। नोभेम्बर २० देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालका पुरुष/महिला दुवै टोलीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुष टोलीका खेलाडीमा सन्जित श्रेष्ठ, रोहन खड्का, निर्मल बोहरा, महेन्द्र लिम्बू फुडोङ, चेतन गुरुङ, सूर्यबहादुर गुरुङ, दीपक कटुवाल, ईश्वर गिरी, राजीव चौलागाईं, निसान बराल, पासाङ शेर्पा, बलबहादुर सुनुवार, डाककुमार मगर, धनजित मगर, विशाल लामा, रमेशबहादुर भ्लोन, सनोज महर्जन र सूर्यकृष्ण चौलागाईं रहेका छन्।
प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा र अफिसियलमा कुलप्रसाद भट्टराई छन्।
महिला खेलाडीमा प्रेरणा विक, दिव्या लौडारी, लिजा बुढा क्षेत्री, सलमा खातुन, निमा वाङ्मो लामा, दावा शेर्पा, फुडोमा शेर्पा, रिया न्यौपाने, मन्जिता कुसुले, अनिता कुँवर, मल्लिका थापा, आयुष्मा कार्की, शशी राई, जमुना आचार्य र वर्षा गुरुङ रहेका छन्।
प्रशिक्षकमा अनु लामा तथा ट्रेनरमा नवराज श्रेष्ठ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य ललिता नाथ र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।
प्रकाशित: २ मंसिर २०८३ ०९:३६ बुधबार





