१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

दयानन्दको घातक बलिङ, २० रनमै यूएईका ४ विकेट पतन,

एसीसी यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध शानदार सुरुवात गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका बलरहरूले सुरुवाती ओभरदेखि नै यूएईको ब्याटिङ लाइनअप ध्वस्त पारे।

नेपालका स्पिनर दयानन्द मण्डल एक्लैले यूएईको शीर्ष क्रमका चारै जना ब्याटरलाई पभेलियन फर्काएपछि घरेलु टोली गम्भीर संकटमा परेको छ।

खेलको पहिलो ओभरको पहिलो बलमै दयानन्द मण्डलले यूएईका कप्तान तथा ओपनर ययीन राईलाई शून्य रनमा आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

त्यसपछि पनि उनको आक्रमण रोकिएन। उनले जैनुल्लाह रहमानी (२ रन), आयान मिसबाह (११ रन) र मुहम्मद रायन खान (० रन) लाई आउट गराए।

हखल ७ ओभरसम्म आइपुग्दा यूएईले केवल २० रन जोड्दा आफ्ना ४ प्रमुख विकेट गुमाइसकेको छ।

दयानन्द मण्डलले आफ्नो ४ ओभरको स्पेलमा १ मेडन राख्दै मात्र ९ रन खर्चेर ४ विकेट लिने अविश्वसनीय प्रदर्शन गरेका हुन्।

अर्को छेउबाट नितेश कुमार पटेलले ३ ओभरमा ७ रन दिएर कसिलो बलिङ गरिरहेका छन्।

प्रकाशित: १५ मंसिर २०८२ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App