२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सका कप्तान डेविड मिलरले बाजी मार्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। मिलरको निर्णयसँगै लुम्बिनी लायन्सले सुरुवातमा बलिङ गर्नेछ।

यस खेलमा कर्णालीले नेतृत्वमा समेत परिवर्तन गरेको छ। यसअघि सोमपाल कामीले सम्हाल्दै आएको कप्तानीको जिम्मेवारी यसपटक डेविड मिलरलाई दिइएको छ।

कर्णालीको नयाँ कप्तानी र ब्याटिङ निर्णयले आजको खेललाई थप चासोपूर्ण बनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App