३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

लहानमा बन्न थाल्यो क्रिकेट रंगशाला

लहान नगरपालिका-४ स्थित यज्ञभूमि मैदानमा  क्रिकेट रंगशाला निर्माणको काम सुरूवात भएको छ। संघ र स्थानीय सरकारको संयुक्त लगानीमा अन्तरास्ट्रिय स्तरको रंगशाला निर्माणको काम सुरू भएको हो ।

रंगशाला निर्माणका लागि नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार औपचारिक रूपमा शिलान्यास गरेका छन् । रंगशाला निर्माणका लागि कुल आठ करोड २३ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा सञ्जय जेसी तनिष्का जेभी निर्माण कम्पनीले ५ करोड ६२ लाखमा ठेक्का लिएको छ ।

यसका लागि नगरपालिकाले ५ करोड तथा संघ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिका र निर्माण कम्पनीबीच भएको ठेक्का सम्झौताअनुसार यो रंगशाला २०८३ चैतभित्रै निर्माण भइसक्नुपर्नेछ ।

यो क्रिकेट रंगशाला निर्माण भएसँगै यहाँका प्रतिभाहरू मूलधारमा आउने र लहान खेलकुदको हब बन्ने विश्वास नगर प्रमुख चौधरीले व्यक्त गरे । यसले स्थानीय अर्थतन्त्र र पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने उनले बताए ।

 

प्रकाशित: ३ वैशाख २०८३ २०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App