२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

मंसिर १८ देखि क्लब स्तरीय फुटबल हुँदै

चासोक तङ्नाम(न्वागी खाने पर्व)को अवसर पारेर मंसिर १८ गतेदेखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा थलङमा तेस्रो आमन्त्रित खुल्ला क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

क्लवका अध्यक्ष मणिकुमार थलङका अनुसार प्रतियोगिताका बिजेताले १ लाख ५२ हजार रुपैयाँ र उपबिजेताले १ लाख रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

फुटबलका राष्ट्रिय रेफ्री तथा खेल संयोजक बिके थलङका अनुसार खेल नकाउटका आधारमा खेलाइने छ । अतिरिक्त ३ सहित ७ जना खेलाडी, टिम कोच र टिम म्यानेजर सहित टिममा १२ जना हुनुपर्ने नियम रहेको समेत खेल संयोजक थलङले बताए ।  

उद्घाटनको दिन मौलिक साँस्कृतिक परम्परामा आधारित च्याब्रुङ,नाच,धान नाच,पालम,येवा(बिजुवा)नाच,झाँक्री नाच र स्याब्रु नाच समेत प्रस्तुत गरिने योजना रहेको क्लवका उपाध्यक्ष अमर थलङले बताए । 

प्रकाशित: ६ मंसिर २०८२ १९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App