नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर्स-२ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको चितवन राइनोजले ८.२ ओभरमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।
कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको चितवनले पावरप्लेमा ३२ रन जोड्दा ३ विकेट गुमाएको थियो। हाल क्रिजमा रहेका डेविड मलान २३ बलमा ५ चौका र १ छक्कासहित ३२ तथा विवेक यादव ७ बलमा २ रन बनाएर खेलिरहेका छन्।
चितवनले १.३ ओभरमा १५ रनको स्कोरमा ओपनर कामिल मिशारालाई ४ रनमा गुमायो। त्यसलगत्तै २.३ ओभरमा सोही स्कोरमा अर्का ओपनर देव खनाल ६ रनमा आउट भए कप्तान रवि बोपारा पनि ५.४ ओभरमा १ रनमै पभेलियन फर्किए।
सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले मिशारालाई, कप्तान दीपेन्द्रसिंह ऐरीले खनाललाई र हेमन्त धामीले बोपारालाई आउट गरे।
बलिङमा ऐरीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिए भने कुगेलेइनले २ ओभरमा १२ र धामीले २ ओभरमा १४ रन दिएका छन्।
प्रकाशित: ३ मंसिर २०८३ १७:४६ बिहीबार


-600x400.jpg)


