८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

कप्तान साम्बा सम्मानित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी (सम्बा) सम्मानित भएकी छन्।

सञ्चारिका समूह नेपाल मकवानपुरद्वारा आज हेटाैंडामा आयोजित ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा कप्तान सम्बालाई ५० हजारसहित सम्मान गरिएको हो।

कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रधानाध्यापक पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र सञ्चारिका समूह मकवानपुरका अध्यक्ष निशा गुरुङले संयुक्त रूपमा कप्तान सम्बालाई सम्मान गरे।

कार्यक्रममा कप्तान साम्बाले खेलकुदका लागि अनुशासन, लगनशीलता र अठोट जरुरी रहेको बताइन्। नेपालमा फुलबल खेलाडी उत्पादनका लागि सबैको समन्वयमा अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली फुटबलको भविष्य उज्वल रहेकाले यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताइन्।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख बानियाँले देशको खेलकुद क्षेत्रमा साम्बाको योगदान प्रेरणादायी रहेको बताए।

प्रकाशित: १७ श्रावण २०८२ २१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App