२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

कप्तान रोहित पौडेल ३८ रनमा आउट

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक खेलमा नेपालले चौथो विकेटको रूपमा कप्तान रोहित पौडेललाई गुमाएको छ। सुरुवाती संकट टार्दै नेपालको इनिङ्स सम्हालेका कप्तान पौडेल ३५ बलमा ३८ रन बनाएर पभेलियन फर्किएका हुन्।

आफ्नो संयमित पारी खेल्ने क्रममा उनले ३ चौका र १ छक्का प्रहार गरे। पौडेल आउट हुँदा नेपालले १२.४ ओभरमा ४ विकेटको क्षतिमा ८९ रन बनाएको छ।

यसअघि कुशल मल्लसँग ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै उनले नेपाललाई सुरुवाती झट्काबाट उकासेका थिए। तर, कुशल मल्ल र त्यसको केही बेरमै कप्तान पौडेल पनि आउट भएपछि नेपाल पुनः दबाबमा आएको छ।

अब क्रिजमा विस्फोटक ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आएका छन्। नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्‍याउने जिम्मेवारी अब उनको काँधमा आएको छ।

प्रकाशित: ११ आश्विन २०८२ २१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App