२ कार्तिक २०८३ आइतबार
image/svg+xml
खेल

क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा ओपनर युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले सबै विकेट गुमाएर २५६ रन बनायो।

क्यानडाको लागि सम्राले ११७ बलमा १०५ रन बनाए। यस्तै, आरोज जोनसनले ३६, हर्ष थाकरले ३४, हम्जा तारिकले ३०, समिट गोहेलले १७ र आदित्य भारदराजनले १२ रन बनाए।

नेपालका ललित राजवंशीले सरवाधिक ४ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ लिँदा रोहित पौडेलले एक विकेट हात पारे।

अब नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: १ कार्तिक २०८३ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App