नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार जारी १२औं खेलमा विराटनगर किंग्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा विराटनगरका कप्तान सन्दिप लामिछानेले बाजी मार्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
यो निर्णयसँगै चितवन राइनोजले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।
अहिले चितवन राइनोजका लागि दीपक बोहोरा र डाविड मलान ओपनिङ ब्याटिङ गर्न क्रिजमा आएका छन् भने विराटनगरका तर्फबाट प्रतिश जिसीले बलिङ सुरुवात गरेका छन्।
सन्दीपको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ।
कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ।
विराटनगर लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने दाउमा छ। यसअघि एकमा हार र एकमा जित निकालेको चितवन आजको खेल जितेर विराटनगरको अपराजित यात्रामा विराम लगाउने योजनामा छ।
प्रकाशित: १० मंसिर २०८२ १६:१३ बुधबार





