१५६ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले इनिङ्सको पहिलो बलमै झड्का व्यहोरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ओपनर साम हेजलेट ‘गोल्डेन डक’ को शिकार भएका हुन्।
सुदूरपश्चिम रोयल्सका विदेशी बलर स्कट कुग्गेलेइनले उनलाई इनिङ्सको पहिलो बलमै कप्तान दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए।
यो विकेटसँगै विराटनगर सुरुवातमै दबाबमा आएको छ। टोलीले खाता नखोल्दै १ विकेट गुमाएको छ। अहिले क्रिजमा कप्तान फाफ डु प्लेसिस आएका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १८:०१ मंगलबार




