३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

फुटबलर विमल घर्तिमगरले लिए सन्यास

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबलबाट सन्यास लिएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घर्तीमगरले आफ्नो फुटबल यात्रालाई यहीँ टुंग्याएको घोषणा गरेका हुन्।

‘कठिन थियो। जति मैले देशका लागि खेलेँ, मनैदेखि खेलेँ। सबै थोक मैले फुटबललाई नै दिएँ,’ उनले लेखेका छन्,‘आज यो निर्णय लिँदा म निकै भावुक भएको छु। मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु।’

केहि समयदेखि अष्ट्रेलिया बस्दै आएका विमलले आफ्नो फुटबल यात्रा लामो र कठिन रहेको बताउँदै फुटबलप्रति माया गर्ने शुभचिन्तकहरूले दिएको माया र समर्थनप्रति आभार व्यक्त गरे।

प्रकाशित: ३१ आश्विन २०८३ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App