२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

भट्टराईलाई टेबल टेनिसमा स्वर्ण

एभिएमका प्रजिल भट्टराईले तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगिताको जुनियर यु-१९ ब्वाइज सिंगल्समा स्वर्ण जितेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा प्रजिलले एभिएमकै जयस्नु महर्जनलाई ११–८, ११–८, ७–११ र ११–५ को सेटमा हराउँदै स्वर्ण जितेका हुन्। सो स्पर्धाको गल्र्समा होप्स टेबल टेनिस एकेडेमीकी योङ्गी पौडेलले स्वर्ण जितेकी थिइन्।

अखिल नेपाल टेबल टेनिस संघको आयोजना तथा शशि–कल्याण कल्याण कोषको प्रायोजनमा भएको प्रतियोगितामा चार सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो। क्याडेटको यु–१५ ब्वाइज सिंगल्समा यलका रिजन शाक्य तथा गर्ल्समा एभिएमकी अर्सना महर्जन पहिलो भएका थिए। विजेतालाई प्रायोजक कोषका संरक्षक कल्याणराज पाण्डे, आयोजक संघका महासचिव कुवेरप्रकाश सिंह लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। तीनदिने प्रतियोगितामा एक सय ३५ खेलाडी सहभागी थिए।

प्रकाशित: १४ भाद्र २०८२ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App